व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
hamrakura.com · Sat Mar 23 00:00:00 UTC 2024
काठमाडौँ । व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित उपन्यास अशून्यम् को लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको लोकार्पणमा बोल्दै अशून्यम् उपन्यासका लेखक न्यौपानेले आफूले पहाड, नदीनाला हेर्दा ,ब्रह्माण्डको उत्पत्ति, जन्म,उमेरावस्था,मृत्युका बारेका जिज्ञासा जागेर गहिरिँदा यो जगत ब्रह्माण्ड अशून्यम्बाट शुरु भएको निष्कर्षसहित पुस्तक लेखेको बताए ।
सम्पूर्ण ब्रह्माण्डको शुरु हो भन्दै न्यौपानेले कल्पना युक्त शून्यको अवस्था अशून्यम् भएको र अशून्यम् नै चेतनाको जड कल्पना रहेको कल्पनाको श्रोत एक हो र त्यही ईश्वर हो भन्ने कुरा पुस्तकमा समेटिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)