बेलारुसकी पहिलो महिला अन्तरिक्ष यात्री बोकेको अन्तरिक्ष यानले उडान भर्यो
ratopati.com · Sat Mar 23 17:33:00 UTC 2024

मस्को । बेलारुसकी प्रथम महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्काया बोकेको रसियाली सोयुज अन्तरिक्ष यान शनिबार अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)का लागि सफलतापूर्वक प्रस्थान गरेको मस्कोको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
सोयुजले काजकिस्तानको बायकोनुरबाट १२ः ३६ जिएमटी मा उडान भरेको र योजनाअनुसार कक्षमा पुगेको रोस्कोसमोसको विज्ञप्तिमा जनाइएको छ । अनुभवी रुसी अन्तरिक्ष यात्री ओलेग नोभित्स्की, संयुक्त राज्य अमेरिकाका ट्रेसी डाइसन र ३३ वर्षीया मारिना भासिलिभस्काया बोकेको सोयुज एमएस–२५ यान शनिबार बिना कुनै समस्या बायकोनुर अन्तरिक्ष बन्दरगाहबाट उडान भरेको थियो । “बोर्डमा सबै ठीक छ”, नोभित्स्कीले रोस्कोस्मोसद्वारा प्रसारित भिडियोमार्फत भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)