कांग्रेसलाई रवि लामिछानेको खुला चुनौती, काठमाडौँ–४ मा सार्वजनिक बहसको प्रस्ताव !
lokaantar.com

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई आफूसँग सार्वजनिक बहसमा आउन चुनौती दिएका छन् । सहकारी विवादमा आफूलाई कांग्रेसले निरन्तर निशाना बनाइरहेको प्रति आक्रोश पोख्दै लामिछानेले संसदमा जवाफ दिन नपाएकाले कांग्रेसले भनेको ठाउँमा सार्वजनिक बहस गर्न प्रस्ताव गरेका हुन् । त्यसका लागि कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र उपयुक्त हुने पनि लामिछानेको भनाइ छ।
‘तपाईँहरूले भनेको दिन,स्थान र समयमा तपाईँहरू र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईँ आफ्ना विज्ञ,पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईँले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनु होला’, लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत खुला चुनौती दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)