भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
ratopati.com · Mon Jun 22 16:55:27 GMT 2026

काठमाडौँ । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा लामो समयदेखि देखिएका विभिन्न प्राविधिक तथा व्यापारिक समस्याहरूको पहिचान र स्थायी समाधानका उपायहरू पहिल्याउन सरकारले एक उच्चस्तरीय विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्यातमा देखिएका अवरोधहरूलाई हटाएर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न यो कदम चालिएको हो ।
नवनियुक्त कार्यदललाई चिया निर्यातका क्षेत्रमा देखिएका विद्यमान समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता भित्र प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको छ । कार्यदलले समस्याहरूको प्रकृति हेरी तत्काल कार्यान्वयन गर्नुपर्ने, केही समयभित्रै गर्नुपर्ने र नीतिगत सुधारमार्फत गरिने समाधानका सुझावहरू सहितको स्पष्ट खाका सरकारलाई बुझाउनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)