जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
barnanmedia.com · Fri Feb 14 21:35:15 GMT 2025

जिल्लाको इलाम नगरपालिका–१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ ।
प्रधानाध्यापक भट्टराईले शुक्रबार ३५ जना विपन्न विद्यार्थीलाई पोसाक वितरण गर्नुभयो । प्रधानाध्यापक भट्टराईले जन्मदिनको अवसर पारेर ३५ जना विपन्न विद्यार्थीलाई विद्यालय पोसाक दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन लिङदमले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)