मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मनकलीले उत्पादन गरेको सिस्नो पाउडर जापान र कोरियासम्म

barnanmedia.com · Fri Feb 14 21:40:10 GMT 2025

ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले विसं २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन आउनुभएको छ । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला सहर र विदेश पठाउने गर्नुहुन्छ । चौध वर्ष अगाडि जिल्ला लघु उद्यम सङ्घले दिएको पाँच दिनको तालिमले घर्ती मगरलाई उद्यमी बनायो । उद्यमीसँगै अहिले उहाँ प्रशिक्षकका रूपमा ज्यादा चिनिनुहुन्छ ।

विहान बेलुका घरको काम धन्दामा ब्यस्त हुने मनकली फुर्सदको समयमा काल्नामा उम्रिएको सिस्नो टिपेर प्रशोधन गर्नु हुन्छ । आवश्यक मेसिन नहुँदा पनि उहाँल घरेलु सामग्री प्रयोग गरी सिस्नोका पाउडर उत्पादन र प्याकेजिङ गर्नुहुन्छ । गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)