पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिहरूलाई परिपत्र गर्दै तरुणदलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन
barnanmedia.com · Fri Feb 14 22:09:45 GMT 2025

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्य समितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन् । शुक्रवार अध्यक्ष गुरुङले सबै जिल्ला कार्य समितिहरूलाई परिपत्र गरेर सो निर्देशन दिएका हुन् ।
परिपत्रमा उनले भनेका छन्, ‘नेपाल तरुण दलको पूर्ण सदस्यता २०८१ फागुन १ गतेबाट वितरण सुरु गर्ने र पूर्ण सदस्यता दलको जिल्ला कार्यसमितिबाट मात्रै वितरण गरिने भएकोले पूर्ण सदस्यता फारम दलको केन्द्रीय कार्यालयमा अविलम्ब सम्पर्क गरी लग्नुहोला ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)