मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

gorkhapatraonline.com · Mon Mar 27 00:37:11 GMT 2023

काठमाडौँ, चैत १३ गते । शिक्षक नियुक्त नै नभएका व्यक्तिलाई सरुवापत्र दिएर शिक्षक कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अम्मरप्रसाद भट्टसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार भट्टले मनकाकुमारी अवस्थीलाई जिल्लाको सलसेनास्थित हुनैनाथ आधारभूत विद्यालयको व्यवस्थापन समितिबाट नियुक्त भएको भनी आफैँ टिप्पणी उठाएर अभिलेखीकरण गर्न प्राविधिकलाई निर्देशन दिनुभएको थियो। भट्टले अवस्थीलाई बलैराज निम्न माध्यमिक विद्यालयमा सरुवा गरेको भनी पत्र बनाएको र तलबलगायतका सुविधाबापत ७४ हजार ९२० रुपियाँ निकासा दिनुभएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)