सडकमा फोहोर खाँदै हिड्ने चौधरीले पाए नागरिकता
rajdhanidaily.com · Fri Feb 14 23:07:58 GMT 2025

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ की वडा टुन्का चौधरीको जीवनशैली फेरिएको छ। सुन्दरहरैंचा ५ की वडा सदस्य तथा सामाजिक अभियन्ता ईन्दिरा चापागाई घिमिरेको पहलमा मानसिक समस्याका कारण कष्टकर जीवन बिताइ रहेको लट्टे भनेर चिनिने चौधरीलाई उद्धार गरी विभिन्न ब्याक्तिहरुको सहयोगमा झापा जिल्ला बिर्तामोड स्थित मायाघरमा राखिएको थियो।
उनी नागरिकता बिहिन भएकाले पटक- पटकको प्रयासबाट सबै जनाको सहयोगले बिहिबार नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र दिलाउन सफलत भएको नेकपा एमाले वडा नं ५ का अध्यक्ष बिशाल गुरागाईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)