मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा आलाेपालाे अग्रता, विजयभन्दा रेणु फेरि ३ मतले अगाडि

ekagaj.com · Sun May 15 17:50:29 GMT 2022

चितवन - भरतपुर महानगरपालिकाको मेयरको मत गणना जति गन्याे उति रोचक बन्दै गइरहेको छ । गठबन्धनकी उम्मेदवार माआेवादी केन्द्रकी रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिष्पर्धा भइरहेकाे छ । उनीहरुबीच अग्रता पालैपालाे हुन थालेकाे छ ।

पछिल्लाे मतगणनाअनुसार गठबन्धनकी उम्मेदवार माआेवादी केन्द्रकी रेणु दाहालले सुवेदीलाई फेरि ३ मतले पछाडि पारेकी छिन् । रेणुले २९१८ मत ल्याउँदा एमालेका सुवेदीले २९१५ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)