९९ वर्षमा आँखाको ज्योति फर्किएपछि विष्णुमति दमाईले भनिन्ः तपाईं सबै भगवानलाई धन्यवाद
deshsanchar.com · Fri Feb 14 23:25:28 GMT 2025

काठमाडौँ- पर्वत कुश्मा–४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन। दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।
उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो । उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)