बाराको स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ
barnanmedia.com · Fri Feb 14 23:15:30 GMT 2025

बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलैया ३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया ४ का २२ वर्षीय निरज सर्राफ, कलैया ६ का २० वर्षीय राहुल भनिने महमद आँसु मिया, कलैया १ का २४ वर्षीय अरुण सर्राफ, कलैया २ का २१ वर्षीय प्रमेश्वर साह, कलैया ३ का २९ वर्षीय तमन्ना अलि र कलैया १ का १९ वर्षीय सागर गुप्ता छन् । उनीहरूलाई केन्द्रबाटै पक्राउ गरेर कारबाही अगाडी बढाएको बारा प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)