मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय भलिबल च्याम्पियनशिप - पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एभरेस्टलाई उपाधि

Ujyaaloonline.com · Sat Mar 23 22:38:58 UTC 2024

काठमाण्डौ - राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको हो । निकै प्रतिष्पर्धात्मक खेल हेल्प नेपालले ३–२ ले जित्यो ।

यस्तै, महिलातर्फको उपाधि एभरेस्ट भलिबल क्लबले जित्यो । एभरेस्टले पुलिसलाई ३–१ को सेटमा हरायो । विजेता हेल्प नेपाल र एभरेष्टले पाँच-पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् । उपविजेता त्रिभुवन आर्मी र पुलिस क्लबले दुई/दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)