मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रविधिको विकास र विस्तारसँगै मौसम पूर्वानुमान प्रभावकारी

Ujyaaloonline.com · Sat Mar 23 22:39:23 UTC 2024

काठमाण्डौ – प्रविधिमा भएको आधुनिकिकरणसँगै मौसम सम्बन्धी पूर्वानुमान सजिलो बन्दै गएको छ । प्रविधिका कारण धेरैजसो पूर्वानुमान मिल्ने गरेका मौसमविद्हरु बताउँछन् । नेपालमा पनि मौसम अवलोकन सम्बन्धी प्रविधिहरु विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को निर्देशिका अनुसार राख्ने गरेकोले पूर्वानुमान भरपर्दो हुँदै गएको जल तथ मौसम विज्ञान विभागकी निर्देशक विभुती पोखरेलले बताउनुभयो ।

प्रविधिको सहयोगले पूर्वानुमान वा तथ्याङ्क सङ्कलन प्रभावकारी हुने भए पनि नेपालमा पर्याप्त पूर्वाधार भने छैन । मौसम पूर्वानुमान महाशाखासँग तीनवटा राडार स्टेसन छन् । पाल्पा, सुर्खेत र उदयपुरमा राखिएका ती राडार बादलको अबस्था हेर्न प्रयोगमा आउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)