पर्साबाट १७ लाख भन्दा बढि मुल्यको चोरीपैठारी गरिएको औषधि बरामद
barnanmedia.com · Fri Feb 14 23:26:14 GMT 2025

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट सशस्त्र प्रहरीले करिब १७ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारी गरिएको औषधि बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले सहबाज अहमदको घरमा लुकाइछिपाइ राखिएको उक्त औषधि फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)