४ वर्षमा ७ लाख साउदीले रोजे निजी क्षेत्र
rajdhanidaily.com · Fri Feb 14 23:36:13 GMT 2025

काठमाडौं । २ फागुन बितेको ४ वर्षमा ७ लाख साउदी नागरिक निजी क्षेत्रमा सामेल भएको पाइएको छ । यस क्षेत्रमा कार्यरत साउदी पुरुष र महिला संख्या १ दशमलव ७ मिलियनबाट बढेर २ दशमलव ४ मिलियन पुगेको हो । साउदीका मानव संसाधनमन्त्री अहमद अल राजीले रियादमा भर्खरै भएको विश्वव्यापी श्रम सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरेका हुन् ।
सोही अवधिमा श्रम बजारमा महिला सहभागिता २० प्रतिशतबाट ३६ प्रतिशतमा पुगेको जनाइएको छ । जसले व्यापक आर्थिक सुधारको भागका रूपमा महिला सशक्तीकरणका लागि राज्यको निरन्तर प्रयासलाई झल्काउँछ । ‘साउदी अरेबियाले आफ्नो श्रम बजार रणनीतिको ८० प्रतिशत कार्यान्वयन गरेको छ, जसले युवा सहभागितामा उल्लेखनीय वृद्धि भएको छ,’ मन्त्री अल राजीलाई उद्धृत गर्दै अल इक्तिसादियाह आर्थिक समाचार पोर्टलले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)