मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिनेमा प्रतिक्रिया दिन रिभ्यु बक्स

rajdhanidaily.com · Sat Mar 23 23:32:14 UTC 2024

पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यु बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई मल्टिप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यु बक्स राखेको हो । शुक्रबार एक समारोहबीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले सोको उद्घाटन गरे ।

नेपालमै पहिलोपटक सिनेमाघरमा रिभ्यु बक्स राखिएको कास्कीको दाबी छ । मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेशद्वाले हलमा रिभ्य बक्स उदाहरणीय कार्य भएको बताए । उनले यसको संरक्षण र निरन्तरतामा पनि जोड दिए । रिभ्यु बक्सले सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुनुका साथै सिनेमाको विकासमा मद्दत मिल्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)