मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व: उपराष्ट्रपति

nepaltvonline.com · Sat Mar 23 23:37:41 UTC 2024

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्व शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको समेत बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)