मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

परिसंघका अध्यक्ष र आईएमएफका प्रतिनिधिबीच छलफल

abhiyandaily.com

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपालका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का आवासीय प्रतिनिधि टेरेसा दाबान सान्चेजबीच छलफल भएको छ । दुई संस्थाका प्रतिनिधिबीच नेपालको अर्थतन्त्रका बारेमा छलफल भएको हो ।

परिसंघ सचिवालयमा बिहीवार भएको छलफलमा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायत विषयमा छलफल भएको परिसंघले जानकारी दिएको छ । परिसंघका अध्यक्ष अग्रवालले लगानीयोग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालू पूँजी कर्जा निर्देशिकालगायत कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा कमी आएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)