मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाम-२ मा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र पनि प्रशस्तै

nepalsamaya.com · Sun Mar 24 00:16:00 UTC 2024

इलाम- आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ। उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ। उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन्।

स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान सुरुआत गरी जनताको घर–घर पुग्न थालेका हुन्। दलका नेताहरू भने टिकट प्राप्त गर्नका लागि लबिङ गरिरहेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र अर्जुनविक्रम शाहीले यसअघि काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)