न्याय माग्दा धरपकड
ekantipur.com · Sat Oct 09 01:11:10 GMT 2021
काठमाडौँ — न्याय माग्दै नेपालगन्जदेखि पैदलै संघीय राजधानी आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको हो ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)