लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
nepalpress.com · Sat Aug 29 01:40:23 GMT 2026

तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२–८३ मा दुई करोड दुई लाख ८३ हजार एक सय चार रुपैयाँ बक्यौता रकम असुल गरेको छ ।
यो अवधिमा दुई करोड ५७ लाख ८८ हजार दुई सय ८०रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)