जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
ratopati.com · Mon Jun 22 17:58:53 GMT 2026
काठमाडौँ । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीले जारी फिफा विश्वकप २०२६ मा आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिँदै अर्जेन्टिनाका लागि ‘वान म्यान आर्मी’ को भूमिका निभाएका छन् । समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध जारी खेलमा गोल गरेसँगै मेसीले यस विश्वकपमा अर्जेन्टिनाले गरेका सबै ४ गोल आफ्नो नाममा लेखाउन सफल भएका छन् ।
विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दा मेसीले एक्लै तीनै गोल (ह्याट्रिक) गरेका थिए । सोही लयलाई कायम राख्दै सोमबार राति अस्ट्रियाविरुद्ध भइरहेको दोस्रो खेलमा पनि अर्जेन्टिनाका तर्फबाट पहिलाे हाफसम्म भएको एकमात्र गोल मेसीकै नाममा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)