सही उम्मेदवार छान्ने सकस !
ekantipur.com · Mon Feb 02 17:16:58 GMT 2026

नेपाल आज फेरि एक संवेदनशील र निर्णायक चुनावी चरणमा प्रवेश गरेको छ । पुराना राजनीतिक दल र नयाँ राजनीतिक शक्तिहरूबीचको घम्साघम्सी चर्किंदै गएको देखिन्छ । सडक, चिया पसल, सामाजिक सञ्जालदेखि टोल–टोल र घरघरसम्मै बहसहरू व्याप्त छन्, आरोप–प्रत्यारोपहरू छन्, भावनात्मक नाराहरू, मुक्तकहरू र गीतहरू गुन्जिएका छन् । तर, यही कोलाहलभित्र एउटा अत्यन्तै महत्त्वपूर्ण विषय मधुरो हुँदै गएको देखिन्छ– सचेत र विवेकपूर्ण मतदाता निर्णय ।
लोकतन्त्रमा मतदाताको भूमिका महत्त्वपूर्ण र निर्णायक हुने हुँदा निर्वाचनअघि हरेक राजनीतिक दलको प्राथमिकता मतदाता रिझाउनु नै हो । तर, यदि मतदाता भावनामा बग्यो, डर, घृणा, बदला–भाव वा लोभबाट प्रभावित भयो भने लोकतन्त्रको आत्मा कमजोर बन्छ । त्यसैले समाजको बौद्धिक व्यक्तित्व र अगुवा समूहले निष्पक्षतासाथ मतदाता सशक्तीकरण गर्न अघि बढ्नुपर्छ, जसले गर्दा मतदातालाई सही निर्णय लिन सहयोग होस् । र, चुनावको माध्यमले सही पात्र चुनिने सम्भावना बढोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)