झापामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, ११ घाइते
baahrakhari.com · Mon Feb 02 17:12:45 GMT 2026

बनियानी (झापा) । झापाको गौरादह नगरपालिका—४ मा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)