महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु
thahakhabar.com
बेदकोट : महाकाली करिडोरअन्तर्गत कञ्चनपुर खण्डमा सडकको ट्रयाक खोल्न थालिएको छ। त्यस क्षेत्रमा पर्ने रूख कटानको आदेश आएपछि कटानसँगै ट्रयाक खोल्ने काम सुरु भएको हो।
सब–डिभिजन वन कार्यालय ब्रह्मदेवले सडक क्षेत्रमा पर्ने रूखमा टाँचा लगाउने काम गरिरहेको महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए। ‘कञ्चनपुर खण्डमा पर्ने रूख कटानको आदेश आएको छ। अहिले वनले रूखमा टाँचा लगाउने काम गरिरहेका छन्’, उनले भने, ‘लामो समयपछि ट्रयाक खोल्ने काम सुरु भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)