मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माहुली लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

ajakoartha.com · Thu Jun 04 10:34:00 GMT 2026

काठमाडौं- माहुली लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले जेठ २१ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको हो। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिए पनि शेयर वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थालाई समेत खरिदका लागि अवसर दिइएको कम्पनीले जनाएको छ।

इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको केन्द्रीय कार्यालय, सप्तरीमा पेश गर्नुपर्नेछ।

कम्पनीका अनुसार उक्त शेयर संस्थापक शेयरधनी कमल प्रसाद बस्यालको नाममा रहेको २० हजार कित्ता शेयर हो, जसको बिक्री प्रक्रिया अघि बढाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)