उत्पादनको मूल्य बढ्यो, दूधको भाउ बढेन
gorkhapatraonline.com · Sat Jun 06 02:36:02 GMT 2026

दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनामा पछिल्लो समय दुग्धजन्य पदार्थको बिक्री र आम्दानीमा वृद्धि भएको छ। गर्मी मौसम सुरु भएसँगै दही र आइसक्रिमजस्ता उत्पादनको माग बढेपछि आयोजनाको दैनिक बिक्रीबाट संकलन हुने रकम करिब ६ लाख रुपियाँ पुगेको छ। चार महिनाअघि दैनिक करिब ४ लाख रुपियाँ राजस्व संकलन हुने गरेकोमा अहिले बिक्रीमा सुधार देखिएको हो।
बिक्री र आम्दानी बढे पनि आयोजनाले दूध उत्पादक किसानलाई दिनुपर्ने भुक्तानी भने लामो समयदेखि गर्न सकेको छैन। हाल विराटनगर आयोजनाले किसानलाई करिब नौ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ। किसानहरूले गत माघ महिनादेखि दूध बिक्रीबापतको रकम पाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)