बजेटमा गैरआवासीय नेपालीका मुद्दा समेटिएको भन्दै एनआरएनएद्वारा स्वागत
barnanmedia.com · Fri May 29 23:00:09 GMT 2026

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डायस्पोरा र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि विभिन्न नीतिगत व्यवस्थाहरू गरेको भन्दै स्वागत गरेको छ। सङ्घले बजेटलाई ’ऐतिहासिक र सकारात्मक’ कदमको रूपमा व्याख्या गर्दै सरकारप्रति आभार व्यक्त गरेको छ ।
सङ्घका प्रवक्ता सोमनाथ सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको “गैर–आवासीय नेपाली नागरिकता” सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने नारालाई मूर्त रूप दिने सरकारको घोषणाले विश्वभरका नेपालीहरूमा खुसीको सञ्चार गरेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)