१६ लाखभन्दा बढी ठगी गर्ने दुई जना पक्राउ
ratopati.com · Fri Aug 16 17:13:00 UTC 2024

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १६ लाख बढी ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत चिङगाड गाउँपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ३२ वर्षीय सुरेश राना तथा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३३ वर्षीय राजेश विष्ट रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजिकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)