खुम्बु पासाङल्हामु प्रवेश गर्दा ५० रुपैयाँ शुल्क
ekantipur.com · Sat Feb 15 16:32:52 GMT 2025
सोलुखुम्बु — खुम्बु पासाङल्हामु गाउँपालिकाले सवारी साधनबाट आउने यात्रुबाट प्रवेश शुल्क उठाउन थालेको छ । पालिकाले पर्यटकीय क्षेत्र खुम्बु प्रवेश गर्ने यात्रुबाट जनही ५० रुपैयाँ र सामानका लागि प्रतिक्विन्टल १० रुपैयाँका दरले सेवा शुल्क उठाउन थालेको हो ।
सर्वोच्च शिखर सगरमाथा पर्ने उक्त गाउँपालिकाको सडक मार्ग प्रवेशद्वार रहेको वडा १ स्थित खरिखोलामा गाउँ प्रहरी पोस्ट नै राखेर यात्रुबाट शुल्क उठाउने गरेको छ । गत २० पुसमा बसेको गाउँपालिकाको हिउँदे सभाले सडक मर्मत सुधारका लागि यात्रुबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । त्यसको केही सातामै शुल्क उठाउन थालिएको हो । ‘पालिकाले आर्थिक ऐन निर्माण गरेर शुल्क संकलन गर्न थालेको हो,’ गाउँ कार्यपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)