महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ: उपराष्ट्रपति
ratopati.com · Fri May 29 23:28:31 GMT 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
८ औँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज नेपाली दिदीबहिनीमा बधाई सहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवश्यकता औँल्याएका हुन् । उपराष्ट्रपति यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिन सक्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेखित लैङ्गिक समानताका प्रावधानलाई व्यवहारमा उतार्न तथा सामाजिक चेतना फैलाउन यो दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)