‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
gorkhapatraonline.com · Sat Feb 15 17:18:10 GMT 2025

काठमाडौँ, फागुन ३ गते । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको भए पनि ठुलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्नेखालको नभएको उल्लेख गर्नुभयो । आजको प्रणाली पनि त्यसैको निरन्तरता भएको मौसमविद्ले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)