मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
ratopati.com · Mon Jun 22 19:03:13 GMT 2026

काठमाडौँ । विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनेल मेसीले दुई गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका हुन्।
खेलको सुरुवाती ९ औँ मिनेटमा मेसीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरे । ३८ औँ मिनेटमा एफ। मेदिनाको पासमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले खेलको अन्तिम समय अर्थात् इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)