मेस्सीको दुई गोलमा अर्जेन्टिना विजयी, नकआउट चरणमा प्रवेश
onlinekhabar.com · Mon Jun 22 19:03:04 GMT 2026

८ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ ।
डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्काे गोल गर्दै मेस्सीले २–० को जित दिलाए ।
उक्त खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले विश्वकपमा १८ गोल गरिसकेको छन् ।
समूह ‘जे’ मा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । अष्ट्रिया २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ । समान एक खेल खेलेका जोर्डन र अल्जेरिया अंकविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)