मेस्सीले विश्वकीर्तिमान बनाएको खेलमा अर्जेन्टिनासँग अस्ट्रिया स्तब्ध
nepalviews.com · Mon Jun 22 19:07:52 GMT 2026

काठमाडौं । फिफा विश्वकपमा युरोपेली टिम अस्ट्रियामाथि २–० को जित निकाल्दै डिफेन्डिङ च्याम्पियन दक्षिणी अमेरिकी टिम अर्जेन्टिना नकआउट चरणमा पुगेको छ । अर्जेन्टिनाका लागि दुवै गोल लियोनल मेस्सीले गरेका छन् । उनले विश्वकपमा १८ गोल गरेर विश्वकीर्तिमान बनाएका छन् ।
पहिलो हाफमा मेस्सीले ३८ औँ मिनेटमा गोल गरी विश्वकीर्तिमानका साथ टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि मेस्सीले इन्जुरी समयमा गोल गरी अग्रता दोब्बरका साथ टिमलाई राउन्ड अफ ३२ मा पक्का गरे । मेस्सीले ६ वटा विश्वकपबाट गोल संख्या १८ बनाएका छन् । यो हालसम्मकै सर्वाधिक गोल संख्या हो । मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको विश्वकीर्तिमान तोडेर सर्वकालिक महान खेलाडीका स्थानमा आफूलाई उभ्याएका छन् ।
मेस्सीले यसअघि जारी विश्वकपको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए । यो विश्वकपमा अर्जेन्टिनाको गोल संख्या ५ पुगेको छ ।
हारपछि अस्ट्रियालाई भने नकआउट चरणमा अल्जेरियामाथि जित हात पार्नैपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)