मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सात दिन, सातै प्रदेश, सात म्याराथन

ratopati.com · Sat Feb 15 18:44:00 GMT 2025

कास्की । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आजदेखि सुरु गरेको छ । बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै आएको उक्त संस्थाले नेपालका सात प्रदेशमा सात दिनमा सात म्याराथन सम्पन्न गर्ने गरी सो कार्यक्रम सुरु गरेको हो ।

पोखरामा आयोजना गरिएको पोखरा अन्तरराष्ट्रिय म्याराथनबाट सुरु भएको यो कार्यक्रम आगामी फागुन १० गते धरानमा पुगेर समापन हुनेछ । ‘आज हामी पोखरा म्याराथन दौडियौँ । भोली बुटबलमा दौडिने छौँ । यसरी सात दिनमा धरानमा पुगेर सातै प्रदेशको सम्पन्न गर्नेछौँ’, आयोजक संस्थाका सदस्य पृथ्वी खड्काले भने । उनका अनुसार सातै प्रदेशको म्याराथनमा गरी धावकहरूले दुई सय ९६ किमी दौडने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)