खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा
barnanmedia.com · Mon Aug 04 23:37:11 GMT 2025

जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित कालिका टोलका स्थानीय अहिले पनि खोलाको असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । यहाँका ५० भन्दा बढी परिवारले खोल्टे खोलाको धमिलो र दूषित पानी पिउँदै आएका हुन् ।
खानेपानी आयोजना निर्माण थालिए पनि अधुरो रहेकाले स्थानीय बासिन्दाले पिउने पानीको समस्या झेल्दै आएका हुन् । वर्षात्का बेला धमिलो पानी पिउनुपर्ने बाध्यता छ भने वैशाख–जेठमा खोलाको पानी सुक्ने भएकाले पानीका लागि टाढासम्म पुग्नुपर्ने स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)