प्रधानमन्त्रीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई
barnanmedia.com · Tue Aug 05 00:27:32 GMT 2025

काठमाडौँ, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत कक्षा १२ उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गर्नुभएको हो ।
“भू–परिवेष्ठित विकासशील देशहरूको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु । नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरू !”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले विद्यार्थीहरूको मेहनत सफल भएको भन्दै अब स्वदेशमा पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गर्न आग्रह सबैलाई गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)