गाजामा रहेका बन्दीहरूलाई खाद्यान्न र औषधि पु-याउने तयारीमा हमास
barnanmedia.com · Tue Aug 05 00:32:45 GMT 2025

हमासले एक विज्ञप्तिमार्फत गाजा क्षेत्रमा रहेका इजरायली बन्दीहरूलाई आवश्यक खाद्यान्न तथा औषधि सहायता उपलब्ध गराउने विषयमा अन्तर्राष्ट्रिय रेडक्रस समितिको अनुरोध पालना गर्न आफूहरू सकारात्मक रहेको जानकारी गराएको छ ।
हमासको सशस्त्र शाखा अल–कस्साम दलका प्रवक्ता अबु ओबैदाले उक्त विषयमा वक्तव्य दिँदै भन्नुभयो, “यस प्रकारको मानवीय सहयोग सम्भव हुनका लागि गाजाको सबै क्षेत्रमा खाद्यान्न र औषधिको सहज र नियमित आपूर्ति सुनिश्चित हुनुपर्छ । साथै, बन्दीहरूका लागि सामग्री पु¥याउने क्रममा हवाई आक्रमण लगायतका सबै प्रकारका सैन्य गतिविधिहरू पूर्ण रूपमा स्थगित गरिनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)