घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि
barnanmedia.com · Tue Aug 05 00:43:38 GMT 2025

घानाको सरकारले आगामी आर्थिक वर्ष सन् २०२५/२६ का लागि ‘कोको’ खेती गर्ने किसानलाई तिर्ने मूल्यमा ६२.५८ प्रतिशतले वृद्धि गरेको छ । अब किसानहरूले प्रतिटन पाँच हजार ४० अमेरिकी डलर बराबरको रकम पाउनेछन्, जुन अघिल्लो प्रतिटन तीन हजार १०० डलरभन्दा निकै बढी हो ।
अर्थमन्त्री कासिएल एटो फोर्सनले सोमबार राजधानी अक्रामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो,“हाम्रो देशको आर्थिक मेरुदण्ड किसान हुन्, विशेषगरी कोको उत्पादन गर्ने किसान । उहाँहरूलाई उनीहरूको पसिनाको उचित मूल्य दिलाउन यो सरकार प्रतिबद्ध छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)