मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

ekantipur.com · Sun Feb 04 01:22:09 GMT 2024

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा नचिनेका मानिसहरूको समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)