विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बने मेस्सी
newsofnepal.com · Mon Jun 22 19:24:32 GMT 2026

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्वकप फुटबल इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। अर्जेन्टिनाको समूह ‘जे’ अन्तर्गत अष्ट्रियाविरुद्ध २–० को जितमा पहिलो गोल गर्दै उनले मिरोस्लाभ क्लोजे को विश्वकपमा सर्वाधिक १६ गोलको कीर्तिमान तोडे।
लगातार छैटौं विश्वकप खेलमा गोल गर्न सफल मेस्सीले खेलको अन्त्यतिर अर्को गोल थप्दै आफ्नो विश्वकप गोल संख्या १८ पुर्याए। यससँगै उनले विश्वकप इतिहासमा पुरुष तथा महिला दुवै विधाका खेलाडीमध्ये सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा दर्ज गरे।
मेस्सीको उत्कृष्ट प्रदर्शनमा साविक विश्व विजेता अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेसँगै मेस्सीले आफ्नो गौरवपूर्ण करियरमा अर्को ऐतिहासिक उपलब्धि थपेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)