मधेशका लागि सन्तुलित बजेट
gorkhapatraonline.com · Sat May 30 00:00:33 GMT 2026

सङ्घीय सरकारले तराई/मधेशका लागि सन्तुलित बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजनमा मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने तथा हुलाकी राजमार्ग, मध्य मधेश चतुर्भुज क्वाड्र्याङ्गल, खानेपानी तथा कृषि उपजका लागि प्रशोधन केन्द्र स्थापना र चुरे तथा तराई/मधेश क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोतको संरक्षण गर्ने लक्ष्य राखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यका क्रममा हुलाकी र पूर्व–पश्चिम राजमार्गका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश क्वाड्र्याङ्गल बनाउने घोषणा गर्नुभयो । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको बाँध र विद्युत्गृह निर्माणका लागि पुनः ठेक्का लगाई चार वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गरिने बजेटले लक्ष्य राखेको छ । यसका लागि दुई अर्ब ९८ करोड रुपियाँ विनियोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)