मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

परीक्षण गराउने आधामा आँखा पाक्ने समस्या

ekantipur.com · Wed Aug 09 00:29:14 GMT 2023

काठमाडौँ — नेपाल नेत्र ज्योति संघले हाल मुलुकको विभिन्न आँखा अस्पतालमा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको जनाएको छ । नेत्र ज्योति संघअन्तर्गतका आँखा अस्पतालहरूमा सरदर आधा जति ‘कन्जंग्टिवाइटिस’ को उपचारका लागि बिरामी आइरहेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।

उनको अनुसार सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिए पनि हाल देशैभरि यो समस्या फैलिरहेको छ । नेत्र ज्योति संघको नेटवर्कका सबै अस्पतालहरूको सोमबारसम्मको तथ्यांकअनुसार दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ । अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने देखिन्छ । कन्जंग्टिवाइटिसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिएको नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)