युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
ratopati.com · Sat Feb 15 23:09:00 GMT 2025

काठमाडौं । युक्रेन मामला सेटल तथा शान्ति वार्ताको पहल समेत साउदी अरेबियाबाट हुने भएको छ । अमेरिकी अधिकारीहरुले निकट समय मै ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरेबिया पुग्ने पुष्टि गरेका छन् । यसअघि जागा युद्धविरामको मध्यस्तता समेत साउदी अरेबियाले नै गरेको थियो ।
अमेरिकी राष्ट्रपतित डोनाल्ड टम्पका विशेष दूत कीथ केलोङ्गले अघिल्लो वार्ता विफल भएको र त्यसमा कयौँ पक्षहरु सहभागी रहेको बताएका छन् । यसैबीच, युरोपेली नेताहरु आगामी साता युक्रेन युद्धबारे छलफल गर्न आपतकालीन शिखर सम्मेलनका लागि भेला हुने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)