तरकारीखेतीबाट सात लाख आम्दानी
barnanmedia.com · Sat Feb 15 23:21:45 GMT 2025

काठमाडौँ, ४ फागुन : शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आउनुभएको छ । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धान्नुभएको छ ।
अरुको जग्गामा बस्दै आउनुभएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गर्नुभएको छ । “तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ”, सार्कीले भन्नुभयो, “जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)