अर्जेन्टिना २-० गोलले विजयी
shilapatra.com · Mon Jun 22 19:37:00 GMT 2026

फिफा विश्वकप २०२६ मा अर्जेन्टिना दोस्रो खेलमा पनि विजयी भएको छ ।
नेपाली समयअनुसार सोमबार राति अमेरिकामा अस्ट्रियालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विजयी भएको हो ।
अस्ट्रियाविरुद्धको खेलमा दुवै गोल लियोनल मेस्सीले गरे । मेस्सीले ३८औँ मिनेट र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
यो जितसँगै अर्जेन्टिना ६ अंकसहित समूह 'जे' शीर्षस्थानमा कायम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
०१:२२
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)