राहत संकलनको नाममा व्यक्तिगत खाताको क्यूआर कोड प्रयोग गर्ने व्यक्ति नियन्त्रणमा
techpana.com · Sat Aug 29 01:50:36 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठुलो धनजनको क्षति भएको परिस्थितिको फाइदा उठाउँदै राहत संकलनका नाममा व्यक्तिगत बैंक खाताको क्यूआर कोड प्रयोग गरी रकम उठाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राहत संकलनका नाममा व्यक्तिगत तलब खाताको क्यूआर कोड प्रयोग गरी रकम संकलन गर्न खोजेको भन्दै परेको उजुरीका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । उनले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत बैंक खाताको क्यूआर कोड शेयर गरी रकम संकलन गर्न खोजेका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)