प्रेरक प्रसंग : निभेको मैनबत्ती
nayapatrikadaily.com · Mon Mar 25 00:23:00 UTC 2024

एक पिता आफ्नी चार वर्षकी छोरी मुनालाई असाध्यै माया गर्थे । कार्यालयबाट फर्किंदा उनी मुनाका लागि अनेक प्रकारका खेलौना र मीठामीठा खानेकुरा ल्याउने गर्थे । मुना पनि आफ्नो तोतेबोलीमा बाबा–बाबा गर्दै पिताकै वरिपरि घुमिरहन्थिन् ।
एक दिन अचानक मुनालाई कडा ज्वरो आयो । उनलाई हतारहतार चिकित्सककहाँ लगियो । तर, चिकित्सकहाँ पुग्नुअगावै मुनाको मृत्यु भयो । यस घटनाले सिंगो परिवार शोकमा डुब्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)